Monday, August 8, 2016

‘ग्रिन टी’ नियमित सेवन गर्नुस्, फाईदै फाइदा

ग्रीन टीमा पाइने एक सत्त र नियमित व्यायामबाट अल्जाइमर जस्तो
 गम्भीर रोग वृद्धि हुनबाट रोक्न सकिन्छ र यसको प्रभाव
कम गर्न सकिन्छ। मुसामाथि गरिएको अध्ययन अनुसार यस्तो
बताइएको हो।
युनिभर्सिटी अफ मिसौरी (एमयु) का शोधकर्ताहरूका अनुसार ग्रीन टीममा साधारणतया पाइने सत्त मनुष्यमा अल्जाइमर रोगको उपचार र यसको रोकथामको लागि उपयोगी साबित हुन सक्छ ।  एमयुमा कलेज अफ आटर्स एन्ड साइन्समा मनोवैज्ञानिक विज्ञानका प्रोफेसर टोड भन्छन्– अल्जाइमरको रोगीमा एमीलोयड–बीटा पेप्टाइड (ए बीटा) जम्मा हुन सक्छ। सम्झना कमजोर हुनु र भ्रमको स्थिति, व्याकुलता र आफ्नो पर्यावरण र परिवेशसँग कम मतलब राख्नु यस रोगको लक्षण हो। शोधकर्ताहरूका अनुसार ग्रीन टीको यस सत्त र व्यायामको प्रभावको पत्ता लगाउनको लागि मुसामाथि अध्ययन गरिएको हो।
वैज्ञानिकहरूले गरेको एक अध्ययनअनुसार ‘ग्रिन टी’ नियमित सेवन गर्नाले प्रोटेस्ट क्यान्सरको खतरा कम हुने देखिएको छ । यसको नियमित सेवनले पुरुषहरूमा हुनसक्ने यस्तो क्यान्सरको जोखिमलाई कम गर्न मद्दत गर्छ ।
भारतीय मुलका वैज्ञानिक नागी कुमारले गरेको अध्ययनले यस्तो देखाएको हो । मोफफित क्यान्सर सेन्टर अमेरिकाका तर्फबाट उनले गरेको अध्ययनमा ‘ग्रिन टी’ ले क्यान्सरका जीवाणुको विकासमा रोक लगाउने र यस्तो समस्या भएकाहरूमा समेत थप विकास हुनबाट जोगाउने देखिएको छ ।
अध्ययनकर्ताहरूले ‘ग्रिन टी’ क्याप्सुलहरू पनि बनाएका छन् । जसको नाम ‘पोलिफेनन ई’ राखिएको छ । यसलाई दिनमा दुई पटकसम्म सेवन गर्नाले प्रोटेस्ट क्यान्सर हुने सम्भावना निकै कम हुने अध्ययनकर्ताको दाबी छ । उनीहरूले ‘ग्रिन टी’ को सेवनले क्यान्सर सेलको विकासमा रोक लगाउने र विकसित भएका क्यान्सर सेल पनि मर्ने दाबी गरेका छन् ।
उनीहरूले एक वर्षको अवधिमा ४९ जना बिरामीमा उपचारका क्रममा ‘ग्रिन टी’ क्याप्सुलको प्रयोग गरेर यस्तो निश्कर्षमा पुगेको बताएका छन् । अध्ययनकर्ताहरूकाअनुसार ‘ग्रिन टी’ क्याप्सुल प्रयोग गरिएका बिरामीहरूमा यसको प्रभाव निकै सकारात्मक देखिएको उनीहरूले दावी गरेका छन् ।

1 comment: